परी प्रकाशन

सिक्किमेली साहित्यको गति र दिशालाई नयाँ उज्यालोतर्फ लाने सोँच राखेर परी प्रकाशन साहित्य सर्जकहरूको निम्ति तय गरिएको मञ्च हो। सिक्किमेली साहित्यको आफ्नै पहिचान हुँदा-हुँदै पनि आउँदो भविष्यमा यसलाई निरन्तरता दिएर युगसापेक्षित साहित्य सृजना हुनसकोस् र ती ओझलमा परेका सबै सृजनाहरूले समाजमा आएर एउटा नवीन अवधारणा जन्माउन सकोस भन्ने धारणासहित यो प्रकाशन ति सृजनशील सर्जकहरूको निम्ति निर्माण गरिएको हो। आउँदो दिनहरूमा परी प्रकाशनले उत्कृष्ट कृतिहरू दिएर नेपाली साहित्यको मलिलो फाँटमा एउटा स्थान बनाउन सकोस् हाम्रो अपेक्षा रहेको छ। सिक्किमका स्थापित अनि नयाँ सिकारू सर्जकहरू सबैको साथ सहयोगको अपेक्षा राख्दै भविष्यमा परी प्रकाशनले एउटा इतिहास निर्माण गर्न सकोस् र मलिलो साहित्य वतावरणको सृजना हुन सकोस् भन्ने हाम्रो धारणा छ। कला सृजनाका सम्पूर्ण सर्जकहरूलाई स्वागत छ।

Books By Local Author

VIEW MORE